संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको ईटहरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ । धरान सडकखण्डको इटहरी–२ स्थित पीपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा ८२ वर्षीय कुवेर बहादुर मल्ल र उनका छोरा ५० वर्षीय नरजंगको मृत्यु भएको हो । उनीहरु उदयपुरको रूपाटार–२ घर भई इटहरी–८ मा बस्दै आएका थिए ।

Advertisement

धरानबाट जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो । तर चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!