झापा । झापाको शिवसताक्षी नगरपालिका–९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका–११ का ४१ बर्षीय पुर्णकुमार कडरिया छन् ।
बुधवार राती पौने ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा कडरिया घाइते भएका थिए । वी एण्ड सी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।