- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी श्रेया श्रेष्ठ मिस एन्ड मिस्टर टिन इन्टरनेसनल अनलाइन प्रतियोगिताको १२ औं शृङ्खलाको फाइनलमा पुगेकी छन् । मिस टिन नेपाल २०२० मा फस्ट रनर अपको रुपमा नेपाललाई प्रतिनिधित्व गरेकी १६ वर्षीया श्रेष्ठ प्रतियोगिताको फाईनलमा पुगेकी हुन् ।

श्रेयाले यो प्रतिस्पर्धा जित्दै नेपाल र नेपालीको नाम अन्तराष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा यो ब्युटी पिजेन्टलाई लिएको बताइन् । छथर जोरपाटी गाउँपालिका-६ सिधुवा स्थायी घर भएकी श्रेया हाल काठमाडौको सैपाल एकेडेमीमा अध्ययनरत छिन् ।

यो ब्युटी पिजेन्ट मा ३५ प्रतिशत अंक भोटिङको आधारमा हुने भएकाले उनलाई विजेता बनाउदै नेपाली टिन एजर्सले पनि यस्तो प्रतियोगिताबाट नेपालको नाम राख्न सक्ने भएकोले मिस टिन इन्टरनेसनलको पेजमा गएर भोट गर्न उनकी आमा सृजनाले आग्रह गरेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!