
ईलाम । ईलाम नगरपालिका–८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा माईजोगमाई गाउँपालिका–५ सोयाङका २० बर्षीय शेखर ढकाल र उनका भाइ १८ बर्षीय प्रबिण छन् ।
हाईड्रोपावरमा कार्यरत कामदारसमेत रहेका उनीहरुको सोमबार दिउँसो करिव साढे १ बजे ड्याममा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट टोली गएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।