संगालोखबर सम्वाददाता

झापा । झापाको शिवसताक्षी–१ स्थित लामाबस्ती भित्री सडक खण्डमा आज दिउँसो पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा झापा शिवसताक्षी–३ का ३० बर्षीय राज कुमार खेमदेन लिम्बू छन् ।

Advertisement

दिउँसो सवा ३ बजे मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने पिकअफलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!