धनकुटा । भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाको अध्यक्षमा नैन विश्वकर्मा मनोनित भएका छन् । नेकपा धनकुटाका नेतासमेत रहेका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।
त्यस्तैगरी, सावित्रा राईलाई विज्ञ र दिपक बुढाथोकीलाई सदस्यमा मनोनित गरिएको छ । सरकारले भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।
धनकुटासहित देशभरका ७७ वटै जिल्लामा जिल्ला अध्यक्ष, विज्ञ र सदस्य मनोनित गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।