संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा क्रियासिल चार जना पत्रकार पुरस्कृत भएका छन् । पत्रकार महासंघ धनकुटाले पत्रकार सन्तवीर लामा, बिनोद घिमिरे, सरिता बराईली राई र देवकला कार्कीलाई क्रियासिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो ।

Advertisement

पाख्रीबासस्थित संसारीमाई सिमसार संरक्षण क्षेत्रमा आज आयोजित पत्रकार महासंघ धनकुटाको १० औं साधारणसभाको अवसरमा उनीहरुलाई जनही ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राई, पत्रकार महासंघका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि उद्धव तिम्सिना, जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगायतले दोसल्ला ओढाएर सम्मान पत्र र नगद प्रदान गरी पुरस्कृत गरेका हुन् ।

पत्रकारितामा क्रियासिल भई समाजलाई योगदान पर्याएकाले सम्मान गरिएको पत्रकार महासंघका सचिव विदुर खवासले जानकारी दिए ।

यसैबीच कार्यक्रममा उपस्थित हुँन नसकेका कारण पत्रकार कार्कीलाई प्रदान गर्ने पुरस्कार रेडियो नेपालका प्रतिनिधि सुखकला राईलाई हस्तान्तरण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!