धनकुटामा पहिरोले घर पुर्दा मृत्यु हुँनेको संख्या सात पुग्यो
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ छ नम्बर बुधबारेस्थित गढेरीमा पहिरोले घर पुर्दा मृत्यु हुँनेको संख्या सात पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो ।
हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि हेलिप्याडतर्फ लैजादै गर्दा दिउँसो करिब १ बजे घाइते ११ बर्षीय संजाल श्रेष्ठको मृत्यु भएको धनकुटाका प्रहरी प्रमु...































