अरिङ्गालले टोकेर घाइते भएका बृद्धको मृत्यु
धनकुटा । अरिङ्गालले टोकेर घाइते भएका धनकुटाको पाख्रीवास नगरपालिका–३ बुधबारेका डम्बर बहादुर अधिकारीको मृत्यु भएको छ । घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका ७० बर्षीय अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
हिजो दिउँसो करिब १२ बजे घाँस काट्ने क्रममा अरिङ्गालको गोलोमा छुईदा बिच्किएका दर्जनौं अरिङ्गालले बृद्ध अधिकारीको अनुहार, घाँटी, हात, खुट्टा लगायत शरिरका बिभिन्न भागमा टोकेको थियो । ...































