- संगालोखबर सम्वाददाता

भोजपुर । आफ्नै श्रीमतीलाई भरुवा बन्दुक तेस्राएर मार्छु भन्दै धम्की दिएको अरोपमा प्रहरीले भोजपुरको रामप्रसादराई गाउँपालिका–१ चामबोटेका सुजिल राईलाई पक्राउ गरेको छ । गएराती श्रीमती ४५ बर्षीया जुना राईलाई कुटपिट गरेर भरुवा बन्दुक तेस्राई मार्छु भन्दै धम्क्याएपछि प्रहरीले ४६ बर्षीय राईलाई पक्राउ गरेको हो ।

Advertisement

राती सवा ८ बजे श्रीमान–श्रीमतीबीच घरयासी बिषयमा विवाद भएको थियो । सोही क्रममा सुजिलले जुनालाई कोदालेले हानेका थिए । कोदालेले लागेर जुनाको नाकको दाहिने पट्टी अनुहारमा गम्भीर चोट लागेको छ । झगडाकै क्रममा घरमा रहेको भरुवा बन्दुक निकालेर मार्छु भन्दै सुजिलले जुनालाई बन्दुक तेस्राएर धम्क्याएका थिए ।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट पुगेको प्रहरी टोलीले सुजिललाई पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय पठाइएको छ । कुटपिटबाट घाइते भएकी जुनालाई उपचारका लागि ओख्रेस्थित स्थानीय मेडिकल लगिएको छ । घटनास्थलबाट भरुवा बन्दुक र कोदालो फेला परेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!