- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित सायरा होटलका सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । जहदा गाउँपालिका–७ का २८ बर्षीय रमेश साह लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका हुन् ।

होटलमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले होटलमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा प्रहरीले लागुऔषध डाइलेक्स डीसी–१५ बोतल, नाईट्राभेट ४२ चक्की, स्पास्मो प्रोक्सिभोन–२४ चक्की, स्पास–ट्रानकोन प्लस–३४ चक्की र २४० ग्राम गाँजा बरामद गरेको हो ।

लागुऔषध बरामद भएपछि साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!