- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालका छ वटा अस्पतालमा कार्यरत चिकित्सक र नर्शहरुलाई वाल सघन उपचार सम्बन्धि तालिम दिइएको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा नेपाल पेडियाटिक सोसाइटीसँग सहकार्य गरेर राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले चार दिने तालिम आयोजना गरेको हो । तालिममा नोबेल, कोशी, मेची, विराट, बीपी र लिली चिल्ड्रेन अस्पतालका बच्चा सम्बन्धि १६ जना डाक्टर र नर्शहरु सहभागि भएको नोबेल अस्पतालका बाल रोग बिशेषज्ञ डा.वविता खनालले जानकारी दिइन् ।

उनीहरुलाई नेपाल पेडियाटिक सोसाइटीका अध्यक्ष प्रा.डा.गणेश राई, प्रशिक्षकहरु डा.प्रकाश जोशी, डा.सन्दिप कुमार सिंह, डा.वविता खनाल, डा.नन्दकिसोर चौधरी, डा.सुर्यकान्त चौधरी, डा.मनोज कुमार चौधरी र लजिता योनजनले प्रशिक्षण दिएका छन् ।

सहभागिहरुलाई शैदान्तिक र अभ्यासका माध्यमबाट सीप सिकाइएको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ एकीकृत चिकित्सा अधिकृत डा.इश्वर प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार तालिममा विशेष गरी पीआईसीयूमा उपचारका क्रममा ध्यान दिनुपर्ने कुराहरु, उपयुक्त तरिकाले मेसिन तथा उपकरणको प्रयोग विधि, कोरोनाको समयमा ख्याल गर्नुपर्ने पक्ष लगायतका बिषयमा डाक्टर तथा नर्शहरुलाई तालिम दिइएको छ ।

तालिम समापनका अवसरमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले तालिममा सिकेको सीपलाई व्यावहारमा उतार्दै वाल सघन उपचारलाई थप प्रभावकारी बनाउँन सहभागिहरुलाई सुझाव दिइन् ।

नोबेलमा यसअघि नोबेल, कोशी र आम्दा अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीहरुलाई प्रशिक्षक बनाउँने तालिम दिइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!