- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्डका सदस्य, प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्षसहित सदस्य र प्रदेश श्रम सल्लाहाकार नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले नियुक्तीको निर्णय गरेको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीले जानकारी दिए ।

मन्त्री तिवारीका अनुसार बैठकले मनोनयन सिफारिस समितिको सिफारिस बमोजिम फणिन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी), भीम राज राई (सोलुखुम्बु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोड) लाई पर्यटन बोडको सदस्यमा नियुक्त गरेको छ । विगत १० बर्षदेखि उद्योग पर्यटनको क्षेत्रमा लागेकाहरुलाई बोर्डको सदस्य बनाइएको हो ।

नियमाली अनुसार बोर्डको ११ सदस्य कार्यसमिति हुने छ । यसको अध्यक्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव हुन्छन् । एक जना अर्थ मन्त्रालयको अधिकृत, एक जना मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयका प्रतिनीधि र एक जना मन्त्रालयकै पर्यटन महाशाखाका प्रमुख रहने व्यवस्था छ ।

त्यस्तै, प्रदेश खेलकुद विकास बोर्डमा उपाध्यक्षसहित सदस्यहरुको नियुक्ति गरिएको छ । बोर्डमा पाँचथरका वावा मेयाङ्वोलाई उपाध्यक्षमा नियुक्त गरिएको छ । सदस्य सचिवमा विराटनगरका कृष्ण बस्नेत (पर्शुराम), सदस्यहरुमा भेषराज कार्की (सुनसरी), विप्लभ घोष (सुनसरी) र थलु राजभण्डारी (ओखलढुंगा) लाई नियुक्त गरिएको छ ।

यता, प्रदेश श्रम सल्लाहकार पनि नियुक्त गरिएको छ । उपाध्यक्षमा राजिव घिमिरे (झापा) लाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्यहरुमा भीम घिमिरे (विराटनगर), सरोज श्रेष्ठ (धरान), सिता उपाध्यय (मोरङ), रञ्जु सिग्देल (इटहरी), किशोर धमला (विराटनगर), अरुण थापा (विराटनगर), नारायणबाबु कार्की (मोरङ), सुनिता घिमिरे (मोरङ), टिका प्रसाई (सुनसरी), निलम साह सोनार (मोरङ) नियुक्त भएका छन् ।

बैठकले खुपु खोला जल विद्युत आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा पनि निर्णय गरेको छ । अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति अनुसार बैठकले शेयर लगानी गर्ने निर्णय गरेको मन्त्री तिवारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!