- संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

मोरङ । मोरङको सुनवर्षी नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरीमा डुब्दा सुनबर्षी–९ डायनियाका श्यामप्रसाद सिंहका तीन बर्षीय छोरा अजितको मृत्यु भएको हो ।

आमासँग पोखरीमा गएका बालक आमाले लुगा धोइरहेका बेला खेलिरहेका थिए । खेल्ने क्रममा पोखरीमा डुब्दा उनी घाइते भएका थिए ।उनलाई उपचारका लागि रंगेली अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!