संगालोखबर


विराटनगर । विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलमा मुटुको ओपीडी परामर्शमा हुने सम्पूर्ण जाँचहरूमा २५ प्रतिशत छुट हुने भएको छ । मुटु दिवसको अवसरमा अस्पतालले आजदेखि लागुहुनेगरि छुटको योजना ल्याएको हो ।

अस्पतालका अनुसार यो योजना असोज १६ गतेसम्म लागू हुनेछ । विश्व मुटु दिवसको अवसरमा सबैलाई आफ्नो मुटुको स्वास्थ्य जाँच गराउन पनि अस्पतालले आग्रह गरेको छ ।

आफ्नो मुटुको स्वास्थ्यलाई प्राथमिकता दिँदै सम्भावित जोखिमबाट बच्न पनि अस्पतालले आग्रह गरेको छ । विशेषज्ञ मुटुरोग सेवासहित विभिन्न स्वास्थ्य परीक्षणहरू एउटै स्थानमा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

स्वस्थ मुटु नै स्वस्थ जीवनको आधार भएको भन्दै अस्पतालले आफ्नो मुटुको ख्याल राख्न आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!