- संगालोखबर सम्वाददाता

विराटनगर । बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट लागूऔषधसहित बिराटनगर–२ का १९ बर्षीय करण सहनी पक्राउ परेका हुन् ।

आज बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट लागूऔषध NITROSUN 10–३४ ट्याब्लेट, SPAS TRANCAN PULS– १६ ट्याब्लेट, SAMPFX– ८ ट्याब्लेट, DIACEX–DC–२ बोतल बरामद भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!