- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बासहित दुई जना पक्राउ परेका छन् ।

Advertisement

तीन किलो यार्सागुम्बासहित खोटाङको रावावेशी गाउँपालिका–४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका–४ का ३२ बर्षीय श्याम कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

यार्सागुम्बाको अबैध कारोवार भइरहेको सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको टोली सो स्थानमा पुगेको थियो ।

पक्राउ परेका युवाहरुलाई आवश्यक कारवाहीका लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको छ । उनीहरुको कारोवारको बिषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!