धरानमा श्रीमानले कुट्दा श्रीमतीको मृत्यु

धरानमा श्रीमानले कुट्दा श्रीमतीको मृत्यु

सुनसरी । धरानमा श्रीमानको कुटाइबाट घाइते भएकी श्रीमतीको मृत्यु भएको छ । धरान–१५ का ४१ बर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनकी श्रीमती ३४ बर्षीया छुङकुको मृत्यु भएको हो । कार्तिक १८ गते बेलुका ६ बजे महेन्द्रले श्रीमती छुङकुमाथि कुटपिट गरेका थिए । घाइते भएकी छुङकुलाई केही दिन घरमै राखेर सोमबार उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । उपचारकै क्रममा उनको ...
ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा । झापाको मेचिनगर नगरपालिकामा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । मेचिनगर–१० खयरडागीबाट स्थानीय ४१ बर्षीय रबि झालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले झालाई ब्राउन सुगर २ ग्राम ७ सय मिलि ग्रामसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नगद १० हजार ८ सय पनि बरामद भएको प्रहरीले जनाएको छ ।
सुन्दरहरैंचामा करेन्ट लागेर एक जनाको मृत्यु

सुन्दरहरैंचामा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घर ढलानको काम गर्ने क्रममा करेन्ट लाग्दा सुन्दरहरैंचा नगरपालिका–२ करैवनाका ३८ बर्षीय अमर राईको मृत्यु भएको हो । बुधबार दिउँसो साढे ३ बजे गोलापरासीका रेणुका लिम्बुको घर ढलानको काम गर्ने क्रममा करेन्ट लागेर राई बेहोस भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा साँझ करिब ६ बजे उन...
धनकुटाको महालक्ष्मी नगरपालिकाद्वारा शुभकामना आदानप्रदान र चियापान

धनकुटाको महालक्ष्मी नगरपालिकाद्वारा शुभकामना आदानप्रदान र चियापान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बुधबार चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । दीपावली, न्यूदँया भिन्तुना, छठ, उधौली उभौली, ल्योसार लगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुलीले मन्तब्यमार्फत चाडपर्वको शुभकामना दिए । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपालले चाडपर्व...
पत्रकार महासंघद्वारा चाडपर्वको शुभकामना आदानप्रदान, हाउजीमा मनिषा र जीवन बिजयी

पत्रकार महासंघद्वारा चाडपर्वको शुभकामना आदानप्रदान, हाउजीमा मनिषा र जीवन बिजयी

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले चाडपर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दीपावली, नेपाल संम्बत, छठ, वाढाङ्मी, चासोक तङनाम, उधौली लगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले मन्तव्यमार्फत सहभागि सबैलाई चाडपर्वहरुको शुभकामना दिए । सो अवसरमा धनकुटाका बिभिन्न संघसंस्था तथा राजनीतिक दल,...
धनकुटामा प्रेस युनियनले गर्यो शुभकामना आदानप्रदान

धनकुटामा प्रेस युनियनले गर्यो शुभकामना आदानप्रदान

धनकुटा । नेपाल प्रेस युनियन धनकुटा शाखाले मंगलबार चाडपर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आउँदै गरेको दीपावली, नेपाल संम्बत, छठ, वाढाङ्मी, चासोक तङनाम, उधौली लगायत चाडपर्वको अवसरमा धनकुटा सदरमुकाममा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बाले चाडपर्वको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको नेतृत्वमा मात्र मुलुकले सही मार्ग लिने दावी गरिन् ...
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखले सोमबार सरकार गठन गर्न आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले राईलाई मुख्यमन्त्री नियुक्त गर्न ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।
उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रौतामाई–८ खमारेका ४१ बर्षीय डम्बर बहादुर मर्स्याग्री मगर छन् । घर नजिकै बाँस काट्ने क्रममा विद्युतको मेन लाईनको तारमा बासले छुँदा मगरलाई करेन्ट लागेको हो । करेन्ट लाग्दा घटनास्थलमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
महालक्ष्मी नगरपालिकालाई सामाग्री प्रदान

महालक्ष्मी नगरपालिकालाई सामाग्री प्रदान

धनकुटा । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले धनकुटाको महालक्ष्मी नगरपालिकालाई दैविक प्रकोप व्यवस्थापनमा प्रयोग गरिने सूचना तथा सञ्चारका सामाग्री प्रदान गरेको छ । यूएसएआइडीको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाजले नगरपालिकाको स्थानीय आपतकालिन प्रतिकार्य सञ्चालन केन्द्रलाई ६ प्रकारका सामाग्री प्रदान गरेको हो । विपत्तीका बेला भर्चुअल माध्यमबाट मिटिङ्ग बस्नका लागि उपयोगी डिजिटल स्मार्ट बोर्ड, ५५...
धनकुटा नगरपालिकाका पूर्व मेयर लामाको निधन

धनकुटा नगरपालिकाका पूर्व मेयर लामाको निधन

धनकुटा । धनकुटा नगरपालिकाका पूर्व मेयर वाङ्दी लामाको आज निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत लामाको बिहान निधन भएको हो । जनता समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्यसमेत रहेका लामाको निधन भएको सो पार्टीका धनकुटा उपाध्यक्ष विकास घिमिरेले पुष्टि गरे । हिले निवासी लामा २०५४ सालमा नेकपा एमालेको तर्फबाट धनकुटा नगरपालिकाको मेयरमा बिजयी भएका थिए । पछ...
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

झापा । झापाको गौरादह नगरपालिका–४ धरधरेस्थित भित्री सडकखण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा मे ९ प २७०३ नम्बरको मोटरसाइकल चालक स्थानीय ४० बर्षीय भानु खत्री छन् । बिहान ८ बजे मे ९ प २७०३ नम्बर र मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटना हुँदा घटनास्थलमै खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्य...
रक्षा मन्त्री रिजाल धनकुटा आउँदै

रक्षा मन्त्री रिजाल धनकुटा आउँदै

धनकुटा । रक्षा मन्त्री मीनेन्द्र रिजाल शुक्रबार धनकुटा आउँने भएका छन् । धनकुटा सदरमुकाम र छथर जोरपाटी गाउँपालिकामा हुँने कार्यक्रममा सहभागि हुँन मन्त्री रिजाल धनकुटा आउँन लागेका हुन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री रिजाल बिहान ९ बजे धनकुटा आइपुग्ने कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राईले जानकारी दिए । सचिव राईका अनुसार कांग्रेस धनकुटाले मन्त्री रिजालको सम्मानमा शुक्रबार ...
विराटनगरबाट लागूऔषधसहित एक जना पक्राउ

विराटनगरबाट लागूऔषधसहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१४ जतुवा चोकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–९ का १९ बर्षीय आशिष महतो छन् । सीभीआर पोष्ट जतुवाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका महतोको कारोवारका विषयमा इलाका प्रहरी कार्यालय रा...
धनकुटाका सात वटै पालिकामा सकियो एमाले अधिवेशन

धनकुटाका सात वटै पालिकामा सकियो एमाले अधिवेशन

धनकुटा । धनकुटाका सात वटै पालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट धनकुटा, पाख्रीवास र महालक्ष्मी नगरपालिका तथा छथर जोरपाटी, साँगुरीगढी, चौविसे र सहिदभूमि गाउँपालिकामा एमालेको नयाँ नेतृत्व चयन भएको हो । बुधबार अपरान्हसम्ममा जिल्लाका तीन नगरपालिका र चार गाउँपालिका गरी सात वटै पालिकामा अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको एमाले धनकुटाका प्रचार बिभाग प्रमुख भेषराज कटेलले जा...
एमाले पालिका अधिवेशन: सहिदभूमिमा पनि जुट्यो सहमति, सर्वसम्मत नेतृत्व चयन

एमाले पालिका अधिवेशन: सहिदभूमिमा पनि जुट्यो सहमति, सर्वसम्मत नेतृत्व चयन

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा पनि नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई दिनदेखिको रस्साकस्सीपछि अन्ततः बुधबार अपरान्ह सहमति जुटेर नीरबहादुर राईको अध्यक्षतामा ७५ सदस्यीय एमाले सहिदभूमि गाउँपालिका कमिटी गठन गरिएको हो । समितिको उपाध्यक्षमा मातृका राई, सचिबमा हेमकुमार राई, उप–सचिवमा फडिन्द्र थापा र बलिन्द्र राई चयन भएका छन् । एमालेले मंगलबार देशभर पालिका अधिवेशन आयोजना गरेको हो...
९४ तोला चाँदीसहित एक जना पक्राउ

९४ तोला चाँदीसहित एक जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३० बर्षीय धर्वेन्द्र शर्मा छन् । गएराती प्रहरी चौकी महादेवाबाट खटिएको टोलीले बिल नभएको चाँदीसहित शर्मालाई पक्राउ गरेको हो । चाँदी तार बनाइएको अवस्थामा थियो । पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ...
अरिङ्गाल झार्ने क्रममा रुखबाट लड्दा मृत्यु

अरिङ्गाल झार्ने क्रममा रुखबाट लड्दा मृत्यु

तेह्रथुम । तेह्रथुममा अरिङ्गाल झार्ने क्रममा रुखबाट लड्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा म्यान्छयायेम गाउँपालिका–२ पौठाकका ३० बर्षीय नेत्र बहादुर लिम्बु छन् । बिहानको राती पौने ३ बजे उनको घरदेखि करिव १ किलोमिटर पूर्वमा रहेको उतिसको रुखमा अरिङ्गाल झार्ने क्रममा लिम्बु रुखबाट लडेका थिए । रुखबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
धरानबाट गाँजासहित धनकुटाका राई पक्राउ

धरानबाट गाँजासहित धनकुटाका राई पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ सूर्यमार्गबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँघुरीगढी गाउँपालिका घर भई धरानमा डेरा गरी बस्ने २७ बर्षीय किरण भनिने हेमन्त राई छन् । गएराती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इलाममा झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

इलाममा झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

इलाम । इलामको देउमाई नगरपालिका–५ बारुङमा आज झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ बर्षीय कमल तामाङ छन् । बिहान ६ बजे तामाङले आफ्नै घरभित्र परिवारका सदस्यहरु राखेका धामी बसेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ बर्षीया सीता तामाङ र १६ बर्षीया छोरी शिक्षाको घाँटी र शरीरका विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो । घटन...
धनकुटामा ट्रक दुर्घटना

धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेस्थित कोशी लोकमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को.१ ख ७७८६ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका सह–चालक संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३४ बर्षीय संगम पौडेल र धर्मदेवी–३ का ३० बर्षीय तिलकुमार पौडेल घाइते भएका छन् । घाइते सह–चालक पौडेलको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ । घाइ...
अपडेटः पाँचथर बस दुर्घटनामा मृत्यु हुँनेको संख्या ४ पुग्यो

अपडेटः पाँचथर बस दुर्घटनामा मृत्यु हुँनेको संख्या ४ पुग्यो

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ सखरखण्डेमा बस दुर्घटना हुँदा मृत्यु हुँनेको संख्या ४ पुगेको छ । बस चालकसहित ६१ जना घाइते छन् । पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस बिहान करिब ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का ७ बर्षीय प्रज्वल मगर, इलामका ३४ बर्षीया प्रमिला देवान, उनका ७ महिने छोरा निश्चलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्य...
पाँचथरको फिदिममा बस दुर्घटना, दुई जनाको मृत्यु, ६३ घाइते

पाँचथरको फिदिममा बस दुर्घटना, दुई जनाको मृत्यु, ६३ घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ सगरखण्डेमा आज बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएका छन् । पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस बिहान करिब ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भई उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक वालक र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान खुल्न वाँकी छ । ६३ मध्ये १५ भन्दा बढी घाइतेको अवस्था गम्...
बोरामा ५३ किलो गाँजा बोकेर जंगलमा हिडिरहेका परियार पक्राउ

बोरामा ५३ किलो गाँजा बोकेर जंगलमा हिडिरहेका परियार पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजासहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार छन् । बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई बोरामा गाँजा बोकेर जंगलमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका परियारको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भीरबाट लडेर पत्रकार राईको मृत्यु

भीरबाट लडेर पत्रकार राईको मृत्यु

विराटनगर । भीरबाट लडेर पत्रकार किसन राईको मृत्यु भएको छ । गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेर राईको मृत्यु भएको हो । गाडी रोकेर शौच गर्ने क्रममा भीरबाट लड्दा राई घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् ।
धनकुटाको साँगुरीगढीमा ६ हजार ५ सय बोट गाँजा फडानी

धनकुटाको साँगुरीगढीमा ६ हजार ५ सय बोट गाँजा फडानी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा प्रहरीले आइतवार गाँजा खेती फडानी गरेको छ । साँगुरीगढी–७ तपचुवाको करिब १० रोपनी क्षेत्रफलमा लगाइएको ६ हजार ५ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी सहायक निरीक्षक गजेन्द्र घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजा खेति फडानी गरी जलाएर नष्ट गरेको हो । धनकुटाको सहिदभूमिसहित बिभिन्न क्षेत्रम...
धनकुटाको चौविसेमा खोलाले बगाउँदा बृद्धको मृत्यु

धनकुटाको चौविसेमा खोलाले बगाउँदा बृद्धको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा आज बिहान खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । स्थानीय छरुवा खोलाले बगाउँदा चौविसे–५ बज्रमाईका ७१ बर्षीय भुवनसिंह खड्काको मृत्यु भएको हो । बिहान करिब ९ बजे खोला तर्ने क्रममा बगाउँदा बृद्ध खड्का खोलामा बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि अस्थाई प्रहरी बिट मौनबुधुकबाट प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरी र स्थानीयबासीले खोजी गर्ने क्रममा बगाएको स...
झापाबाट चार जुवाडे पक्राउ

झापाबाट चार जुवाडे पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी–९ स्थित जितेन्द्र शाक्यको घरमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र ३७ बर्षीय सुरेश लिम्बु छन् । गएराती ९ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट...
धनकुटामा दशैं मनाउँन गएका श्रीमानको शव भेटियो खोलामा, रुदारुदै बेहोस भएर श्रीमतिको मृत्यु

धनकुटामा दशैं मनाउँन गएका श्रीमानको शव भेटियो खोलामा, रुदारुदै बेहोस भएर श्रीमतिको मृत्यु

धनकुटा । दशैंको उल्लास सकिन नपाउँदै धनकुटाको साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चिराङ चौकका झगेन्द्र राईको परिवार शोकमा डुबेको छ । गाउँमा दशैं मनाउँन आएका झगेन्द्र सधैका लागि विदा भए । श्रीमानको मृत्युको पीडा सहन नसक्दा रुदारुदै उनकी श्रीमती अनुले पनि संसार छोडिन् । दशैं विदा हुन नपाउँदै एकपछि अर्को परिवारको सदस्यलाई सधैका लागि विदा गर्नुपर्दा परिवारमा बज्रपात परेको छ । धरान उपमहानगरपालिका–११ ...
ताप्लेजुङमा रुखबाट लड्दा ७५ बर्षीय बृद्धको मृत्यु

ताप्लेजुङमा रुखबाट लड्दा ७५ बर्षीय बृद्धको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा रुखबाट लडेर एक बृद्धको मृत्यु भएको छ । घाँस झार्ने क्रममा रुखबाट लड्दा पाथिभरा याङवरक गाउँपालिका–२ ओलक गाउँका ७५ बर्षीय भीमबहादुर पौडेलको मृत्यु भएको हो । घर नजिकै रहेको कटमेरोको रुखमा चढेर डाले घाँस झार्ने क्रममा रुखबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सुनसरीमा ‘अनटेष्ट’ कार र स्कूटी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीमा ‘अनटेष्ट’ कार र स्कूटी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीका दुई छुट्टा–छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिकामा कार र कोशी गाउँपालिकामा स्कूटर दुर्घटना भएको हो । बराहक्षेत्र–३ बाङ्गेस्थित भित्री सडक खण्डमा ‘अनटेष्ट’ कार अनियन्त्रित भई पल्टिँदा कार चालक बराहक्षेत्र–६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहालको मृत्यु भएको छ । गएराती पौने ८ बजे कालाबञ्जरदेखि चक्रघटीतर्फ आउँदै गरेको सो कार आफै ...
अरिङ्गालले टोकेर घाइते भएका बृद्धको मृत्यु

अरिङ्गालले टोकेर घाइते भएका बृद्धको मृत्यु

धनकुटा । अरिङ्गालले टोकेर घाइते भएका धनकुटाको पाख्रीवास नगरपालिका–३ बुधबारेका डम्बर बहादुर अधिकारीको मृत्यु भएको छ । घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका ७० बर्षीय अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । हिजो दिउँसो करिब १२ बजे घाँस काट्ने क्रममा अरिङ्गालको गोलोमा छुईदा बिच्किएका दर्जनौं अरिङ्गालले बृद्ध अधिकारीको अनुहार, घाँटी, हात, खुट्टा लगायत शरिरका बिभिन्न भागमा टोकेको थियो । ...
error: Content is protected !!