रंगेलीमा दुई युवालाई खोलाले बगायो
मोरङ । मोरङको रंगेलीमा आज दिउँसो दुई युवालाई खोलाले बगाएको छ । रंगेली नगरपालिका–७ स्थित बक्राह खोलामा नुहाउन गएका भारत मध्यापुरा सिंहेश्वरथानका २१ बर्षीय बिटु कुमार साह र १८ बर्षीय राजा शाहलाई खोलाले बगाएको हो ।
उनीहरु रंगेली–६ स्थित भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका बेला नुहाउँन खोलामा गएका हुन् । दुबै जनालाई दिउँसो करिब साढे १२ बजे खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
घटनाको जानकारी पाएप...






























