संगालोखबर


विराटनगर । नेपाली काँग्रेसका नेता तथा पूर्व प्रदेशसभा सदस्य चुमनारायण तवदार मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापति पदको उम्मेदवार बनेका छन् । संगठनलाई थप मजबुत, व्यवस्थित र संस्थागत बनाउने एजेन्डासहित तवदारले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै तवदारले आफू क्षेत्रीय सभापति बन्न खोज्नुको मुख्य उद्देश्य ‘सबै अट्ने कांग्रेस’ निर्माण गर्नु रहेको बताए । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धापछि पनि सबै नेता-कार्यकर्तालाई समेटेर संगठनलाई एकताबद्ध रूपमा अघि बढाउने उनको भनाइ छ ।

संगठन सुदृढीकरणसँगै तवदारले काँग्रेसको आफ्नै भौतिक संरचना निर्माणलाई पनि प्राथमिकतामा राखेको बताए । उनले काँग्रेसका लागि एक कट्ठा जग्गा प्रदान गरेको बताउँदै आफू क्षेत्रीय सभापतिमा निर्वाचित भए उक्त जग्गामा काँग्रेसको आफ्नै क्षेत्रीय भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्षेत्रीय भवनलाई पार्टीका बैठक, प्रशिक्षण, छलफल तथा संगठनात्मक गतिविधिको स्थायी केन्द्रका रूपमा विकास गर्ने उनको योजना छ । वडा तहदेखि क्षेत्रीय तहसम्म संगठनलाई सक्रिय बनाउने, नेता-कार्यकर्ताबीच नियमित संवाद र समन्वय बढाउने तथा कार्यकर्ताका सुझाव र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने विषयलाई पनि आफ्नो एजेन्डामा समेटेको उनले बताए ।

तवदारले अधिवेशनको प्रतिस्पर्धालाई पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया भन्दै निर्वाचनपछि सबै पक्षलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!