धनकुटामा भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, दुई घाइते
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित फेदीमा मंगलबार साँझ मारुती भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् ।
धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ च ३२८० नम्बरको भ्यान र विपरित दिसाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल साँझ करिब ६ बजे आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार साँगुरीगढी-६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको भेड...































