बनिसासहित छ जना युवा उद्यमी सम्मानित
विराटनगर । विराटनगरको तनस्का फेसन स्टुडियोकी सञ्चालक बनिसा शर्मा कटेलसहित छ जना युवा उद्यमी सम्मानित भएका छन् । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकले १३ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार युवा उद्यमीहरूलाई सम्मानित गरेको हो ।
भारतमा फेसन डिजाइन अध्ययन गरेर आएकी बनिसाले विराटनगरको पिपलचोकमा तनस्का फेसन स्टुडियो सञ्चालन गर्दै आएकी छन् । तनस्का, फेसन डिजाइनरले सञ्चालन गरेको कोशी प्रदेशको पहि...































