बहराइनमा रहेका नेपालीद्वारा धनकुटाको बाल पुनस्थापना केन्द्रलाई एक लाख सहयोग
धनकुटा । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका नेपालीहरूले धनकुटा नगरपालिका-४ श्रीपञ्चमी पार्कस्थित बाल पुनस्थापना केन्द्रलाई सहयोग गरेका छन् । प्रवासी नेपाली मञ्च बहराइनले पुनस्थापना केन्द्रमा रहेका बालबालिकाहरूका लागि एक लाख आर्थिक सहयोग गरेको हो ।
धनकुटामा शनिवार कार्यक्रम गरेर सहयोग प्रदान गरिएको छ । प्रवासी नेपाली मञ्च बहराइनका सल्लाहकार डीवी सुवेदीले खातामा रकम जम्मा गरेको भौचर बाल पुनस्था...































