संगालोखबर सम्बाददाता

धनकुटा । प्रजातन्त्र दिवसको अवसर पारेर आज धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । धनकुटा लेडी लेसिजले मदनचोकमा रक्तदान कार्यक्रम गरेको हो ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी धरानले प्राविधिक सहयोग गरेको रक्तदान कार्यक्रममा ३६ पाउण्ड रगत संकलन भएको आयोजक धनकुटा लेडी जेसिजका अध्यक्ष मुना पोख्रेलले जानकारी दिइन् ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी लगायतले रक्तदान गरेका थिए ।

व्यक्तित्व विकास र सामाजिक काम गर्दै आएको लेडी जेसिजले यसअघि फरक क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा र खाद्यान्न प्रदान गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!