सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा फेला परेको हो ।

Advertisement

एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका-८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको छ । ५२ वटा प्लास्टिकको प्याकेटमा राखेर लैजाँदै गरेको अवस्थामा एम्बुलेन्सभित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले जानकारी दिए ।

झापाको हल्दिबारी सेवा समाजको नाममा रहेको सो एम्बुलेन्स विराटनगरस्थित नोवेल अस्पतालबाट साँगुरीगढी गाउँपालिका-३ मा बिरामी लिएर आएको थियो । केही दिन अघि भेडेटारमा तेल बोक्ने ट्याङ्करमा पनि ठूलो परिमाणमा गाँजा फेला परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!