सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । महालक्ष्मी नगरपालिका-५ स्थित लेगुवा बजारको अनुगमन गरेर होटल तथा किराना पसलहरूमा फेला परेका म्याद गुज्रेका खाद्यवस्तु नष्ट गरिएको छ । अनुगमन टोलीले सोमबार बजारका होटल तथा किराना पसलहरूको अनुगमन गरेर म्याद नाघेका खाद्यवस्तु नष्ट गरेको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी सम्मिलित टोलीले बजारका एक दर्जन भन्दा बढी होटल र किराना पसलको अनुगमन गरेको हो ।

टोलीले होटलहरूमा खाद्य गुणस्तर परीक्षण गरेर सरसफाइको अवस्था अनुगमन गर्यो । किराना पसलमा भएका सामानको उपभोग्य मिति परीक्षण गरियो । सो क्रममा चाउचाउ, चिसो पेय पदार्थ, भुजा, मसला, मिनरल वाटर, बिस्कुट, सुजी र दालमोठ लगायत खाद्यवस्तु म्याद नाघेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिए ।

म्याद नाघेका खाद्यवस्तु जफत गरेर अनुगमन टोलीले नष्ट गरेको छ । इजाजत नलिई मादक पदार्थ र सुर्तिजन्य पदार्थ बिक्री भइरहेको पाइएपछि त्यसलाई रोकेर इजाजत लिएर मात्र बिक्री वितरण गर्न सुझाव दिइएको अनुगमन टोलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!