संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरका पत्रकार विजय खतिवडाको मोटरसाइकल चोरी भएको छ । उद्घोष दैनिकका प्रबन्ध सम्पादक खतिवडाको को २१ प ७६८६ नम्बरको रातो स्प्लेन्डर मोटरसाइकल सोमबार साँझ सातघुम्तीबाट चोरी भएको हो ।

Advertisement

उद्घोष दैनिकको कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा साँझ करिब ६ः४५ बजे मोटरसाइकल चोरी भएको पत्रकार खतिवडाले बताए । पत्रिकाको काम सकेर बाहिर निस्किँदा मोटरसाइकल नभेटिएपछि चोरी भएको थाहा भएको हो ।

मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको दृष्य उद्घोष दैनिकको कार्यालयको सीसीटीभी फुटेजमा पनि देखिएको छ । दुई जना युवाहरू आएर मोटरसाइकल लगेको दृष्य फुटेजमा प्रष्ट देखिन्छ ।

खतिवडाले मोटरसाइकलको ह्याण्डील लक गरेका थिए । तरपनि लक सजिलै खोलेर मोटरसाइकल लगेको दृष्यमा देखिएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!