संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.३ स्थित डाँडागाउँका कुलबहादुर थापाको घरमा आज बिहान आगलागी भएको छ । बिहान करिब ८ः१५ बजे थापाको घरमा आगो लागेको हो ।

Advertisement

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । स्थानीयवासी र प्रहरीले करिब डेढ घण्टापछि ९ः४५ बजे आगो नियन्त्रणमा लिएका छन् । घटनाको जानकारी पाएपछि चानुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

तस्वीर: ओमनाथ पोख्रेल

आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घरमा भएका लत्ताकपडा, भाडा लगायत अधिकांश सामान आगोले जलेर नष्ट भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!