संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-७ किर्तिपुरस्थित बाल कल्याण माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका छन् । विद्यालयका गतिविधिमा असन्तुष्टि जनाउँदै विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका हुन् ।

Advertisement

विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको लगायत विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा उनीहरूले असक्षम शिक्षक प्रशासन चाहिँदैन, विद्यालयमा राजनीतिकरण बन्द गर जस्ता नारा लगाएका थिए । विद्यालयका प्रधानाध्यापक रोहिणी घिमिरेसँग कुरा गर्दा माग सुनुवाइ नभएकाले विरोधका कार्यक्रम सुरु गरेको स्थानीय अभिभावक लेखनाथ लुइँटेलले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्दा राजनीतिक भागबन्डा गर्न खोजेको पनि उनले आरोप लगाए । ‘विद्यालय लथालिङ्ग छ । हिसाबकिताब पारदर्शी छैन । यसको न्यायिक निकायबाट आवश्यक छानविन हुनुपर्छ, विद्यार्थीलाई दिवा खाजा पनि दिइएको छैन । विज्ञान र गणितको शिक्षक नियुक्ति पनि गरेको छैन । बिना शिक्षक विद्यालय कसरी चल्छ ?’ लुइँटेलले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!