संगालोखबर सम्बाददाता

धनकुटा । गायक सम्भू राईले धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङ्माङस्थित भारती माध्यमिक विद्यालयलाई एक लाख बराबरको वाद्यवादन सामग्री प्रदान गरेका छन् ।

Advertisement

गायक राईले विद्यालयलाई दुई/दुई थान ढोलक, मादल, साउण्ड सिस्टम तथा एक/एक थान हार्मोनियम र गितार प्रदान गरेका हुन् । विद्यालयमा आयोजित कार्यक्रममा गायक राईले प्रधानाध्यापक हरीप्रसाद पौडेललाई वाद्यवादन सामग्री हस्तान्तरण गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका राईको जन्मथलो चुङ्माङ हो ।

भारती माविमै अध्ययन गरेका राई अहिले काठमाडौं बस्दै आएका छन् । आफूले पढेको विद्यालयलाई सहयोग पुर्याउने उद्देश्यले सामग्री प्रदान गरेको गायक राईको भनाई छ ।

सामग्री प्रदानपछि विद्यालयले राई दम्पतीलाई अभिनन्दन पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!