संगालोखबर सम्बाददाता


धनकुटा । धनकुटाबाट भारतीय गाडीमा राखेर लैजाँदै गरेको ठूलो परिमाणको गाँजासहित धरानबाट १४ जना पक्राउ परेका छन् । दुई वटा भारतीय बोलेरो गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले धरानको जिरोपइन्टबाट १ सय ४९ किलो गाँजा बरामद गरेको हो ।

सुराकीका आधारमा चेकजाँच गर्दा बीआर १० पी ९१५४ र एमपी १७ टीए ०५१२ नम्बरको भारतीय गाडीमा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता डीएसपी नवराज मल्लले जानकारी दिए । ‘दुई वटा गाडीमा गाँजा भेटियो, गाँजा बोकेका गाडीलाई स्कर्टिङ गर्ने अर्को गाडीलाई पनि हामीले नियन्त्रणमा लिएका छौं,’ डीएसपी मल्लले संगालोखबरसँग भने ।

Advertisement

गाडीमा गाँजा फेला परेपछि ओसारपसारमा संलग्न चालकहरू भारत बिहारका ३१ वर्षीय मनोरन्जन मुइमार र ३९ वर्षीया गोपी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

गाडीमा सवार २३ वर्षीय संजय कुमार मण्डल, ३५ वर्षीया रेखा देवी, ३५ वर्षीया रिङ्की देवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ओसारपसारमा संलग्न देखिएपछि बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारत बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अंकित कुमार यादव, राजा जैसवाल, शिवम् सिंह र सत्यम यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!