अपडेट : सप्तरीमा प्रहरीले हानेको गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो
राजविराज । सप्तरीमा प्रहरी र प्रदर्शनकारीवीच सोमवार भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित ...
