- रबिन कटेल

धनकुटा । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा धनकुटामा पनि चुनावी माहोल तातिदै गएको छ । बिद्यार्थी संगठनहरु आफ्नो पक्षमा नतिजा ल्याउँनका लागि दौडधुपमा छन ।

जिल्लामा केहि दिनयता दैनिक रुपमा बिद्यार्थी संगठनहरुले स्वबियु निर्बाचन लक्षित ¥याली, सभा, साँस्कृतिक कार्यक्रम लगायत गर्दै आएका छन । आ–आफ्नो प्यानल घोषणा गरी चुनावी माहोल बनाउँने अभियानमा जुटेका बिद्यार्थी संगठनहरुका कारण धनकुटा बजार स्वबियु चुनावमय भएको छ ।

अनेरास्वबियुले बिहीवार धनकुटामा निकालेको जुलुश । तस्वीर- रबिन कटेल, संगालोखबर

बिहीवार पनि बिद्यार्थी संगठनहरुले धनकुटा बजारमा दिनभर जसो प्रचारात्मक ¥याली गरेका छन । अनेरास्वबियु र अनेरास्वबियु क्रान्तिकारीले बजारमा जुलुश निकालेका हुन ।

दिउँसो केहि समय अघिपछि गरेर धनकुटा बहुमुखी क्याम्पस गेटबाट दुवै संगठनले प्रचारात्मक जुलुश निकाले । ब्यानरसहित संगठन र नेपालको राष्ट्रिय झण्डा लिएर नारा लगाउँदै र उम्मेद्वारलाई भोट माग्दै निश्किएको अनेरास्वबियुको जुलुश भीमनारायण चौक, तल्लोकोप्चे, माथ्लोकोप्चे, भीमसेनथान, हुलाकटोल हुँदै मदनचौकमा पुगेर शभामा परिणत भयो ।

सभामा अनेरास्वबियुका नेताहरु टिकाराम घिमिरे, नारायण घिमिरे, अंकित थापा लगायतले संबोधन गर्दै बिद्यार्थीको हक हितका लागि सदैव सक्रिय रहने संगठन भएकाले अनेरास्वबियुलाई भोट दिएर स्वबियु निर्बाचनमा बिजयी गराउँन आग्रह गरेका छन ।

धनकुटामा बिहीवार निश्किएको अनेरास्वबियुको जुलुश…

यता क्याम्पस गेटबाटै निश्किएको अखिल क्रान्तिकारीको जुलुशले परिचयमोड, टुडिखेल, माथ्लोकोप्चे हुँदै नगरको परिक्रमा गरेको थियो । संगठनको झण्डा, ब्यानरसहित निश्किएका अखिल क्रान्तिकारी संवद्ध बिद्यार्थीले संगठनको पक्षमा नारा लगाउँदै भोट मागेका थिए । अखिल र अखिल क्रान्तिकारी दुवै संगठनको जुलुशमा संगठन संबद्ध पार्टीका जिल्ला तहका नेताहरु पनि सहभागि थिए ।

यसअघि बुधवार पनि अनेरास्वबियु, अनेरास्वबियु क्रान्तिकारी र नेपाल बिद्यार्थी संंघले बजारमा प्रचारात्मक जुलुश निकालेका थिए । जुलुशसँगै आफ्नो संगठनको पक्षमा भोट माग्नका लागि बिद्यार्थीका घर–घर र कोठा–कोठामा बिद्यार्थी नेताहरु पुग्ने गरेका छन ।

धनकुटामा बिहीवार निश्किएको अखिल क्रान्तिकारीको जुलुश…

धनकुटा बहुमुखी क्याम्पसमा स्वबियु निर्बाचनका लागि नौ वटा संगठन दर्ता भएको निर्बाचन अधिकृत नन्द न्यौपानेले जानकारी दिए । एमाले निकट अनेरास्वबियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, काग्रेस निकट नेपाल बिद्यार्थी संघ, नयाँ सक्ति पार्टी निकट नयाँ सक्ति बिद्यार्थी युनियन, जनमोर्चा निकट अखिल छौठौ, संघीय लिम्बुवान मञ्च नेपाल निकट संघीय बिद्यार्थी युनियन दर्ता भएका छन ।

धनकुटामा नेपाल बिद्यार्थी संघको चुनावी जुलुश ।

त्यस्तै संघीय समाजवादी फोरम निकट समाजवादी बिद्यार्थी फोरम, नेकपा माले जनसमाजवादी पार्टी निकट जनवादी अनेरास्वबियु र प्राज्ञिक बिद्यार्थी परिषद नेपाल दर्ता भएको निर्बाचन समितिले जनाएको छ ।

धनकुटामा स्वबियु निर्बाचनको अभियानमा नयाँ सक्ति बिद्यार्थी युनियनका बिद्यार्थीहरु ।

अनेरास्वबियुबाट स्वबियुको अध्यक्षका उमेद्वार नवराज घिमिरे, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका ईन्द्र बहादुर बिष्ट र काग्रेस निकट नेपाल बिद्यार्थी संघका बालानन्द दाहालले आफ्नो पक्षमा राम्रो माहोल रहेको भन्दै आ–आफ्नो संगठनको जित सुनिश्चित रहेको दावी गरेका छन । यही फागुन १८ गते देशभर हुने स्वबियु निर्बाचनमा धनकुटाका सात वटा क्याम्पसमा निर्बाचन हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!