- संगालोखबर संवाददाता
फाइल तस्वीर

सुनसरी । सुनसरीको सिमरियामा शुक्रबार ग्याँस सिलिण्डर बिस्फोट हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । १० जना घाइते भएका छन ।
सिमरिया–९ स्थित चरैयामा लागेको शिवरात्री मेलामा बेलुन फुलाउन प्रयोग हुने ग्याँस सिलिन्डर पड्किएर प्रहरी जवान सोमराज माझीको मृत्यु भएको हो ।

सिलिण्डर पड्किएर गम्भिर घाइते भएका मोरङ कटहरी–२ घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सोमराज माझीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

सिलिण्डर पड्किदा झापा घर भई सिमरिया–९ मा पाहुना आएकी तारा मण्डल, भारत सैजनपुर घर भई मोरङ आरती स्ट्रिप्समा कार्यरत गुड्डु यादव र सोनापुर–८ बस्ने रोहित ऋषिदेब गंभीर घाईते भएका छन ।

त्यस्तै सोही स्थानका पिप्ना ऋषिदेब, जोगेन ऋषिदेब, बिराटनगर–५ बस्ने रिमा ऋषिदेब, सुनसरी दुहबी–५ बस्ने आकास खतिवडा, सोही ठाउँका आयुष थापा, सुनसरी सिमरिया–८ बस्ने रेवलाल सरबरिया र सिमरिया–९ बस्ने कल्पना कुमारी चौधरी पनि घाईते भएका छन ।

घाईतेहरुको अनुहारसहित शरीरका बिभिन्न अंगमा सिलिण्डरको टुक्राले लागेको छ । गम्भीर घाइतेहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

सामान्य घाईतेहरुको सामुदायिक अस्पताल दुहवीमा उपचार भईरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । बेलुन बिक्रि गर्ने सुनसरी दुहवी–८ बस्ने भगवान लाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!