- संगालोखबर संवाददाता

धनकुटा । स्वास्थ्यकर्मीहरुले धनकुटा स्थित पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा मंगलवार तालाबन्दी गरेका छन । स्वास्थ्य सेवा ऐन दफा ९ को ‘ख’ कार्यान्वयनको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले कार्यालयमा ताला लगाएका हुन ।

Advertisement

स्वास्थ्यकर्मी पूर्वाञ्चल क्षेत्रीय ट्रेड युनियन संघर्ष समितिले क्षेत्रीय स्वास्थ्य निर्देशक विष्णुबहादुर बस्नेतसहित कार्यलयको आर्थिक, प्रशासनीक लगायत सबै शाखाका कर्मचारी बाहिर निकालेर ताला लगाएका हुन् ।

गत १५ दिनदेखि आकस्मीक बाहेकका सेवा र कामकाज ठप्प पारेपनि सरकारले माग सुनुवाईमा चासो नदेखाएपछि तालाबन्दी गर्नुपरेको स्वास्थ्यकर्मी संघका महासचिव कृष्णलाल यादवले बताए ।

स्वास्थ्यकर्मीलाई मानसिक तनाव दिने र जिम्मेवारीबाट बहिरगमन गर्ने बदनियतपूर्ण तरीकाबाट पदस्थापन गरेको भन्दै निर्णय नसच्यासम्म आन्दोलनलाई सशक्त रुपमा अघि बढाउँने आन्दोलनरत स्वास्थ्यकर्मीहरुको भनाई छ । तालाबन्दीका कारण कार्यालयको कामकाज प्रभावित भएको छ ।

बुधवारदेखि हुने पूर्वाञ्चलका चारसय ८१ जना स्वास्थ्यकर्मीहरुको अन्तरवार्ता पनि तालाबन्दीका कारण अन्यौलमा परेको क्षेत्रीय स्वास्थ्य निर्देशक विष्णुबहादुर बस्नेतले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!