- संगालोखबर संवाददाता
फाईल तस्वीर

धनकुटा । पूर्व सभामुख एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्ग सोमवार धनकुटाको डाँडाबजार आउँदैछन । नेकपा एमाले धनकुटाले डाँडाबजारमा आयोजना गरेको बृहत जनसभालाई संबोधनका लागि नेम्वाङ्ग आउँन लागेका हुन ।

देशब्यापी कार्यक्रम अनरुप एमालेले धनकुटामा सञ्चालन गरेको संबिधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियानको समापनका अवसरमा कार्यक्रम आयोजना गरिएको एमाले धनकुटा प्रचार बिभाग प्रमुख नैन बिश्वकर्माले जानकारी दिए ।

उनका अनुसार बिहान साँढे ८ बजे बिमान मार्फत बिराटनगर अवतरण भई नेम्वाङ्ग डाँडाबजार आउँने कार्यक्रम छ । डाँडाबजार–१ स्थित भानु माध्यमिक बिद्यालयको प्राङ्गणमा बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने एमालेले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!