- संगालोखबर संवाददाता

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाको प्रथम बैठकले आठ जना सल्लाहकार चयन गरेको छ । १० औं जिल्ला अधिवेशनबाट गठित नयाँ कार्यसमितिको प्रथम बैठकले सल्लाहकार चयन गरेको हो ।

Advertisement

बैठकबाट सञ्जयसन्तोषी राई, गोपाल अधिकारी, बिजयसन्तोषी राई, मोहन वान्तवा, सिद्धराज राई, टंक राई, खगेन्द्रप्रसाद घिमिरे र भेषराज कटेललाई सल्लाहकार चयन गरिएको महासंघले जनाएको छ ।

बैठकबाट सञ्जयसन्तोषी राई, गोपाल अधिकारी, बिजयसन्तोषी राई, मोहन वान्तवा, सिद्धराज राई, टंक राई, खगेन्द्रप्रसाद घिमिरे र भेषराज कटेललाई सल्लाहकार चयन गरिएको महासंघले जनाएको छ ।

त्यस्तै पत्रकार कल्याणकारी कोषका लागि सचिव बिदुर खवासको संयोजकत्वमा रबिन कटेल, दिलबहादुर राई (आसिष), शर्मिला राई र कविराज घिमिरे सदस्य रहेको समिति निर्माण गरिएको छ ।

बैठकले ०७४ सालको भित्तेपात्रो प्रकाशनका लागि सह–सचिव हरिबहादुर लम्जेलको संयोजकत्वमा बलराम दाहाल, दिल बहादुर राई, कविराज घिमिरे र माया राउत सदस्य रहेको समिति गठन गरेको छ ।

महासंघको प्रदेश अधिवेशन धनकुटामा गर्न पहल गर्ने र सवारी साधनमा पत्रकारलाई सहुलियतको ब्यवस्थाका लागि पहल गर्ने निर्णय पनि भएको महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस्…

पत्रकार महासंघ धनकुटाको अध्यक्षमा श्रेष्ठ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!