सिरहा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको निर्वाचनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन् ।

Advertisement

पार्टीको सिरहा प्रथम अधिवेसनलाई सोमबार सिरहा सदरमुकाममा सम्बोधन गर्दै यादवले यो निर्वाचन हुन नसक्ने बताए । ‘मुलुकमा चुनाव होइन, महाभारत हुन्छ’ उनले भने, ‘यसका निम्ति तयारी हुन सबैलाई जरुरी छ ।’

चाँडै आन्दोलन सुरु हुने भन्दै उनले यो आन्दोलन तराई मधेसमा मात्रै नभई हिमाल र पहाडमा समेत हुने दाबी गरे । जससम्म मधेसी, जनजातिको मागलाई सम्बोधन गरिँदैन, तबसम्म चुनाव होइन आन्दोलन हुन्छ’ उनले भने, ‘यसर्थ अधिकार लिनका लागि सबैलाई तयारी हुनु जरुरी छ ।’

कार्यक्रममा फोरम नेपालका केन्ऽीय उपाध्यक्ष एवं मधेु प्रदेश अध्यक्ष रेणु यादव, केन्ऽीय कोषाध्यक्ष विजय यादव सांसद् डा. विरेन्ऽ यादव, लगायतले पनि अब हुने आन्दोलन सशक्त हुने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!