- संगालोखबर संवाददाता

धनकुटा । नेपाल बिद्यार्थी संघले शुक्रवार धनकुटा बहुमुखी क्याम्पसको स्वावियु निर्वाचन कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । फर्जी बिद्यार्थी छानबिन नगरेको र स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन अधिकृतमा राजनीतिक पार्टी संवद्ध ब्यक्ति नियुक्त गरेको भन्दै नेबिसंघले क्याम्पसमा ताला लगाएको हो ।

असहज परिस्थिती सृजना भएको भन्दै स्ववियु निर्वाचन अधिकृत श्याम वाग्लेले बुधवार राजिनामा दिएका थिए । त्यसपश्चात बिहिवार क्याम्पसले उपप्रद्यापक नन्द न्यौपानेलाई स्ववियु निर्वाचन अधिकृत नियुक्त गरेको थियो ।

Advertisement

उनी एमाले संवद्ध भएकाले निस्पक्ष निर्वाचन हुँनेमा संका उत्पन्न भएर क्याम्पसमा ताला लगाईएको नेबिसंघका जिल्ला सभापति बालानन्द दाहालले जानकारी दिए । क्याम्पसमा फर्जी बिद्यार्थी रहेको भन्दै दाहालले भने ‘फर्जी बिद्यार्थीको छानबिन र स्वतन्त्र ब्यक्ति निर्वाचन अधिकृत नियुक्त नभएसम्म ताला खोल्दैनौ ।’

तालाबन्दी गर्दै नेबिसंद्ध संबद्ध बिद्यार्थीहरु । तस्वीर- रबिन कटेल, संगालोखबर

यता स्ववियु निर्वाचन अधिकृत न्यौपानेले चुनाव प्रभावित गर्न निराधार आरोप लगाएर तालाबन्दी गरिएको प्रतिक्रिया दिएका छन । ‘देशनै राजनीतिले चलेको छ, राजनीतिक अस्था बिनाको ब्यक्ति खोज्न कहा जाँने ?’ प्रश्न गर्दै न्यौपानेले भने ‘कुन राजनीतिक पार्टीको ब्यक्ति हो भनेर खोज्नु भन्दा पनि उसले निर्वाह गरेको भूमिका सहि छ या गलत छ त्यो हेर्नुपर्छ ।’

यता क्याम्पस प्रमुख निरञ्जन वस्तीले क्याम्पसमा फर्जी बिद्यार्थी नरहेको दावी गर्दै समस्या समाधान गरी ताला खोलेर स्ववियु निर्वाचनको वातावरण निर्माण गर्ने प्रयास भईरहेको बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!