- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा पुख्यौली घर भई सुनसरीमा बसोवास गर्दै आएकाहरुको भेलाले ‘धनकुटा-इटहरी सम्पर्क समाज’ गठन गरेको छ ।

पाचौं साधारण सभाले अध्यक्षमा तेजबहादुर पुरी, उपाध्यक्षमा अमला श्रेष्ठ र देशबन्धु कार्की, सचिवमा रियन्द्रप्रसाद गुरागाई र कोषाध्यक्षमा अमृत बहादुर बस्नेतलाई चयन गरेको छ ।

नव गठित समितिको सदस्यहरुमा घनश्याम अधिकारी, कमलबहादुर महत, दधिराम चौहान, गीतादेवी आचार्य, भीमकला श्रेष्ठ र शिवबहादुर खतिवडा चयन भएका छन ।

धनकुटाबाट १ हजार २ सय परिवार बसाईसराइ गरेर इटहरी तथा आसपासका स्थानमा बसोबास गर्दै आएको आयोजक समिति सदस्य भोला अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!