विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासहितको सहभागीतामा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर छाड्ने बताएका छन् ।

‘३१ वैशाखको निर्वाचन कुनै हालतमा स्थगित हुन्न’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि मधेसी मोर्चालाई साथमा लिएर तोकिएकै समयमा निर्वाचन गरेर छाड्ने छ ।’

Advertisement

पूर्वञ्चल विश्व विद्यालयको दिक्षान्त समारोहमा सहभागी हुने जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले अन्ततः मधेसी मोर्चा चुनावमा सहभागी हुने बताए । उनले भने, मलाई विश्वास छ, उहाँहरु चुनावमा आउनु हुन्छ र आउनु पर्छ ।’

तराईका जिल्लामा स्थानीय तहको संख्या नमिलेको भनिरहेको मधेसी मोर्चाको मागलाई सम्वोधन गर्न आजै क्याकिनेटबाट स्थानीय तहको संख्या वढाउन लागेको उनले बताए ।

स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार तराई मधेसका जिल्लमहरुमा केही संख्या वढ्ने प्रधानमन्त्री प्रचण्डले वताए । स्थानीय निर्वाचनका लागि संविधान संशोधनले खासै महत्व नराख्ने भन्दै उनले सवै दलको सहमति निर्माणपछि मात्र संविधान संशोधन प्रक्रियालाई अघि वढाइने जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!