संगालोखबर संवाददाता

धनकुटा । देशभर बिभिन्न कार्यक्रम गरेर शुक्रवार सेना दिवस मनाईएको छ । दिवसको अवसरमा नेपाली सेनाले बिभिन्न कार्यक्रम गरेको छ ।
यसैवीच धनकुटामा पनि सेना दिवसको अवसरमा रक्तदान, सरसफाई र बिरामीलाई फलफुल बितरण गरिएको छ । दिवसको अवसर पारेर सल्लेरी स्थित श्रीमेहर गणको आयोजनामा जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम गरिएको हो ।

सेना दिवसको अवसरमा धनकुटा अस्पतालमा रक्तदान गरिदै । तस्वीर- संगालोखबर

सो अवसरमा २२ जना नेपाली सेना, ६ जना सर्वसाधरण र ३ जना प्रहरीले रक्तदान गरेका छन । रक्तदान अघि जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको थियो ।

Advertisement

दिवसकै अवसरमा जिल्ला सदरमुकाम स्थित निशान भगवति मन्दिर, भेडेटार स्थित पाथिभरा मन्दिर र ६ नम्बर बुधवारे बजार सरसफाई गरिएको श्रीमेहर गणका सेनानी बिनोद प्रसाद पोख्रेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!