- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा तीन जना घाईते भएका छन । भेडेटार–३ कोलबोटे स्थित कोशी राजमार्गमा वा.२.ख ८०५३ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिदा दुई जना घाईते भएका छन् ।

दुर्घटनामा परी ट्रकका साहु खोटाङका गणेश कार्की र चालक उदयपुर त्रियुगा नगरपालिका वस्ने चन्द्र नारायण श्रेष्ठ घाईते भएका हुन ।

त्यस्तै धनकुटा नगरपालिका–४ देव्रेवास स्थित कोशी राजमार्गमा सोमवारसाँझ भएको दुर्घटनामा एक जना घाईते भएका छन ।

धनकुटाबाट हिलेतर्फ जादै गरेको को.१ ख.२९८८ नम्बरको बसले सोही दिसातर्फ जाँदै गरेको को.१च. ८४७० नम्बरको पिकअपका खलासी संखुवासभा मादी नगरपालिका–८ का मोहन कालाखेतीलाई ठक्कर दिएको बताईएको छ । पिकअपमा रहेको ग्यास सिलिण्डर झरेपछि टिप्न जाँने क्रममा ठक्करबाट कालाखेति घाईते भएका हुन ।

दुवै दुर्घटनाका घाईते तीन जनालाईनै उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । बस र पिकअपसहित चालकलाई नियन्त्रणमा लिईएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!