- संगालोखबर संवाददाता

धनकुटा । धनकुटाको फोक्लेण्डटापुमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जना घाईते भएका छन । उत्तरपानीबाट दाउरा लिएर आएको को.२ त ३८०६ नम्बरको ट्याक्टर धनकुटा नगरपालिका–६ स्थित फोक्लेण्डटापुमा पल्टिएको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक धनकुटा नगरपालिका–१४ का २३ बर्षिय डम्बर अधिकारी र सह–चालक २० बर्षिय सुवास तामाङ्ग घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । घाईतेको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

Advertisement

दाउरा झार्नका लागि भिरालो बाटोमा पछाडी सार्ने क्रममा चिप्लिएर ट्याक्टर सडकबाट पल्टिएको हो । ट्याक्टर पल्टिएर सडकबाट करिव ५० मिटर तल खोल्सिमा पुगेको छ ।

ट्याक्टर दुर्घटनाका तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु- रबिन कटेल, संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!