- रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाका चार क्याम्पसमा बुधवार भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा तीन क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । एक क्याम्पसमा अखिल क्रान्तिकारीले बिजयी हासिल गरेको छ । धनकुटा बहुमुखीसहित तीन क्याम्पसमा भने निर्वाचन नै भएन ।

Advertisement

जनता क्याम्पस जीतपुर, जालपादेवी क्याम्पस पाख्रीवास र हिले क्याम्पस हिलेमा अनेरास्ववियुको प्यानलनै बिजयी भएको हो । यता कागते स्थित भाषा क्याम्पसमा भने अखिल क्रान्तिकारीको प्यानल बिजयी भएको छ ।

जीतपुर क्याम्पसमा संयुक्त प्यानललाई हराउँदै अनेरास्वबियुको प्यानल बिजयी

जीतपुर क्याम्पसमा अनेरास्ववियुका प्रतिमा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी छन । त्यस्तैगरी सचिवमा अनेरास्ववियुकै नेसन श्रेष्ठ र कोषाध्यक्षमा पनि अनेरास्ववियुकै गायत्री काफ्ले निर्वाचित भएको जितपुर क्याम्पस प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्षतर्फ सदस्यहरुमा अनेरास्ववियुका तारा काफ्ले, बिना चुहान र अनिता श्रेष्ठ बिजयी भएका छन । समानुपातिक तर्फ सदस्यहरुमा अनेरास्ववियुका नविन दर्जी, रोसन याम्फु र नेबिसंघका सोविता तामाङ्ग बिजयी भएका छन ।

बिजयी भएपछि जीतपुरमा अनेरास्वबियुको टिम ।

जीतपुर क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी बिद्यार्थी फोरम र नयाँ शक्ति बिद्यार्थी युनियनले संयुक्त प्यानल बनाएर चुनावमा सहभागि भएका थिए भने अनेरास्ववियु एकल प्यानलबाट चुनावमा सहभागि थियो ।

भाषा क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल बिजयी
यता कागते स्थित भाषा क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल बिजयी भएको छ । अध्यक्षमा अखिल क्रान्तिकारीका नविन पौडेल, सचिवमा अर्जुन गौतम र कोषाध्यक्षमा संगिता राई निर्वाचित भएकी छन । त्यस्तैगरी प्रत्यक्षतर्फका सदस्यहरुमा सुजता तिम्सिना, कञ्चन राई र सुनिल सेर्पा बिजयी भए ।

बिजयी भएपछि भाषा क्याम्पसको अखिल क्रान्तिकारी टिम ।

यता समानुपातिक तर्फ सदस्यहरुमा अखिल क्रान्तिकारीका जनक ढुंगेल र खोम कुमार न्यौपाने, अनेरास्वबियुका प्रकाश खत्री, नेविसंघका उषा कार्की र नयाँ शक्ति बिद्यार्थी युनियनका रस्मिता तामाङ्ग बिजयी भएको भाषा क्याम्पसका लेखापाल उमेश दाहालले जानकारी दिए ।

हिले क्याम्पसमा अनेरास्वबियुको प्यानल बिजयी

हिले क्याम्पसमा अध्यक्ष नइन्द्र बहादुर राईसहित अनेरास्वबियुको प्यानल बिजयी भएको छ । सचिवमा सरोज तामाङ्ग, कोषाध्यक्षमा आरती तामाङ्ग निर्वाचित भएका छन ।

बिजयी भएपछि हिलेमा अनेरास्वबियुले निकालेको बिजयी जुलुश । तस्वीर-नवनित खड्का/संगालोखबर

त्यस्तैगरी सदस्यहरुमा प्रत्यक्षतर्फ अनेरास्वबियुका प्रदिप तामाङ्ग, अरुण बिक्रम शाही र प्रतिमा तामाङ्ग बिजयी भएको हिले मा.वि. का प्रधानाध्यापक रमेश घिमिरेले जानकारी दिए ।

पाख्रीवासमा अनेरास्ववियुको प्यानल बिजयी

यता पाख्रीवास स्थित जाल्पादेवी क्याम्पसमा पनि सावीत्रा घिमिरे अध्यक्ष सहित अनेरास्वबियुको प्यानल नै बिजयी भएको छ । यस्तै सचिवमा अनेरास्वुवियका अमित राई र कोषाध्यमा अनेरास्वयुकै यशोदा कार्की विजयी भएको जाल्पादेवी क्याम्पसले जनाएको छ ।

बिजयी बिद्यार्थीको बिजयी जुलुश

स्ववियु निर्वाचन सम्पन्न भएका धनकुटाका चारवटै क्याम्पसमा बिजयी बिद्यार्थीहरुले बिजयी जुलुश निकालेका छन । हिले बजार, जीतपुर बजार र पाख्रीवासमा अनेरास्ववियुले बिजयी जुलुश निकालेको छ । यता भाषा क्याम्पसमा अखिल क्रान्तिकारीले बिजयी जुलुश निकालेको छ ।

धनकुटा बहुमुखीसहित तीन क्याम्पसमा चुनाव भएन

धनकुटा बहुमुखी क्याम्पसमा नेबिसंघले गरेको तालाबन्दी । तस्वीर- रबिन कटेल/संगालोखबर

धनकुटाका सात मध्ये तीन क्याम्पसमा स्ववियु चुनाव भएन । फर्जी बिद्यार्थी छानविन नगरेको र पार्टी संवद्ध ब्याक्ति निर्वाचन अधिकृत बनाएको भन्दै नेपाल बिद्यार्थी संघले स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि धनकुटा बहुमुखी क्याम्पसमा चुनाव हुन सकेन । यता तल्लो गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा पनि चुनाव नभएको स्ववियु निर्वाचन समितिले जनाएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!