- संगालोखबर संवाददाता

धनकुटा । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुँने दावी गरेका छन ।

देशब्यापी कार्यक्रम अनरुप एमाले धनकुटाले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियान समापनका अवसरमा सोमवार डाँडाबजारमा अयोजित सभालाई संबोधन गर्दै नेम्वाङले यस्तो वताएका हुन । संविधान संशोधनका पक्षधरको संख्या घट्दै गएको तथा राप्रपालेसमेत विपक्षमा मतदान गर्ने भएकोले विधेयक पारित नहुने उनको भनाई छ ।

Advertisement

सरकारले संबिधान संशोधन बिधेयक अघि बढाएर गलत काम गरेको उनले बताए । ‘काम कुरो एकातिर कुम्लो वोकी ढिमीतिर भनेजस्तै तरिकाले सरकार अघि बढ्दैछ ।’ नेम्वाङले भने ‘अहिलेको प्रमुख आवश्यकता संविधान कार्यान्वयन गर्नु र स्थानीय निर्वाचन गर्नु हो ।’ सरकारले गलत बाटो लिएर अघि बढ्दा समस्या सृजना भएको नेम्वाङको ठम्याई छ ।

सभालाई संवोधन गर्दै नेता नेम्वाङ । तस्वीर : रबिन कटेल, संगालोखबर

आगामी ०७४ माघ भित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने भन्दै नेम्वाङले सबै तहको निर्वाचनमा एमालेको जनलहरबाट सत्ता घटक तथा अन्य दल आत्तिएर निर्वाचन नगराउने प्रपञ्चमा लागेको आरोप पनि लगाए । निर्वाचनका लागि एमाले पूर्णरुपमा तयारी अवस्थामा रहेको बताउँदै उनले अन्य दललाई पनि निर्वाचनमा केन्द्रित हुन सुझाव दिए ।

जनताले बनाएको जनमैत्री संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै उनले संबिधानको कार्यान्वन नै अहिलेको प्रमुख आवश्यकता भएको दोहोर्याए । फरक प्रसंगमा नेता नेम्वाङले सत्तामा रहेको मधेसी घटकले स्थानीय निर्वाचनको बिरोध गर्नुको तुक नभएको जिकिर गरे ।

देशको अवस्था जटिल मोडमा रहेकोले एमालेले जिम्मेवार भूमिका निर्वाह गर्न तप्पर रहेको उनले बताए । स्वतन्त्र विद्यार्थीको युनियन निर्वाचनको प्रसंग जोड्दै उनले एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको लहर देखेर अन्य दल तथा तिनका विद्यार्थी संगठनले विभिन्न वहानामा व्यवधान खडा गर्न थालेको आरोप लगाए ।

एमाले भित्र कुनै गुट उपगुट भए त्यसलाई अन्त्य गरी सवै नेता कार्यकर्ता एकजुट भएर स्थानीय चुनावमा केन्द्रित हुन नेम्वाङले आग्रह पनि गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!