- संगालोखबर संवाददाता

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा फर्जी बिद्यार्थी छानविन गरी निष्पक्ष, पारदर्शी र धादलीरहित रुपमा स्ववियु निर्वाचन गर्न नयाँ शक्ति बिद्यार्थी युनियनले माग गरेको छ ।

नयाँ शक्ति बिद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पस आधार समितिले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

क्याम्पस आधार समितिका संयोजक फुर्वा शेर्पाद्धारा जारी विज्ञप्तिमा कागजात पुरा नगरी भर्ना भएका बिद्यार्थीको छानविन गर्नमा क्याम्पसले चासो नदेखाएको भन्दै आपत्ती प्रकट गरिएको छ ।

फर्जी बिद्यार्थीको छानविन गरी तोकिएको समयमै निष्पक्ष, पारदर्शी र धादलीरहित रुपमा स्ववियु निर्वाचन गराउँन विज्ञप्ति  मार्फत माग गरिएको हो ।

नयाँ शक्ति बिद्यार्थी युनियनले जारी गरेको विज्ञप्ति ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!