- नरेन्द्र कश्चित

धनकुटा । नेपाल निजामति कर्मचारी युनियन (संघ) धनकुटाको चौथो जिल्ला अधिवेशनले हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा अठार सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा नारदमणी सुवेदी, महिला उपाध्यक्षमा निर्मला सुवेदी, समावेशी उपाध्यक्षमा गोर्खाबहादुर तामाङ्ग, सचिवमा डम्बरबहादुर कटुवाल, युवा सह–सचिवमा पुष्पराज अधिकारी र कोषाध्यक्षमा ढकराज कटुवाल चयन भएका छन ।

त्यस्तैगरी सदस्यहरुमा बाबुराम ढुङ्गाना, बिनादेबि राई, पिताम्बर आले, डिनप्रसाद दुलाल, ईसा राई, तुलसादेबि भटराई, जिवन कुमार दाहाल चयन भएका छन ।

अधिवेशनले केन्द्रिय प्रतिनिधिहरुमा उत्तम कुँवर र भोजप्रसाद खनाललाई चयन गरेको छ । नयाँ समितिलाई पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष मोहन वान्तवा राईले मन्तब्यमार्फत बधाई एवं शुभकामना ब्याक्त गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!