- संगालोखबर संवाददाता

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाको १० औं जिल्ला अधिवेशनबाट राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आईतवारराति सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १८ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा नगेन्द्र राई र महिला उपाध्यक्षमा शुखकला राई चयन भएका छन । त्यस्तै सचिवमा बिदुर खवास, सह–सचिवमा बलराम दाहाल, समावेशी सह–सचिवमा हरिबहादुर लम्जेल र कोषाध्यक्षमा नारायण कुमार आठपहरिया चयन भएका छन ।

Advertisement
अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ । तस्वीर- संंगालोखबर

त्यस्तैगरी सदस्यहरुमा दिल बहादुर राई, रबिन कटेल, कविराज घिमिरे, बिकास घिमिरे, माया राउत, सुरेन्द्र मग्रान्ति, नबोनित खड्का, मालती मोक्तान, शर्मिला राई, नरेन्द्र राई र लुसीकुमारी गच्छदार चयन भएका छन ।

अधिवेशनले १४ जना महासंघको केन्द्रिय सभासद र १९ जना प्रदेश सभासद छनौट गरेको छ । केन्द्रिय सभासदमा सञ्जयसन्तोषी राई, तिलबिक्रम चेम्जोङ्ग, सिद्धराज राई, बिजयसन्तोषी राई, खगेन्द्रप्रसाद घिमिरे, मोहन वान्तवा, रमेशचन्द्र अधिकारी, हिमा चेम्जोङ्ग, भेषराज कटेल, मणीकुमार श्रेष्ठ, स्मीता निरौला, बिनोद घिमिरे, देवकला कार्की र सुमन गुरागाई चयन भएका छन ।

कार्यसमिति चयन पश्चात सामुहिक तस्वीर खिचाईदै । तस्वीर- संगालोखबर

त्यस्तै प्रदेश सभासदमा नयराज नेपाल, सन्तवीर लामा, यानिन्द्र तिगेला, ईश्वर थापा, बिमला राई, भीम मल्ल, अजयसन्तोषी राई, टकलाल राई, दुर्गा देवी निरौला, ब्रम्हलाल हजारी, कल्पना थापा, बिश्वराज श्रेष्ठ, मनिषा पोख्रेल, नवराज कार्की, उत्तम देवान, शुभकला राई, तुलसा ताम्ली, राजेन्द्र भण्डारी र सवाल राई चयन भएका छन । धनकुटामा पत्रकार महासंघ स्थापना भएयता २५ वर्षको अवधिसम्म पनि सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्…

पत्रकार महासंघ धनकुटाद्धारा सल्लाहकार चयन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!