- गोमा ढुंगाना

धनकुटा । आसन्न स्वबियु निर्बाचनलाई लक्षित गर्दै बिद्यार्थी संगठनहरु चुनावी अभियानमा जुटेका छन । आफ्नो पक्षमा नतिजा ल्याउँनका लागि बिद्यार्थीहरु दौडधुपमा लागेका हुन ।

अनेरास्वबियु, अनेरास्वबियु क्रान्तिकारी, नेपाल बिद्यार्थी संघ लगायत बिद्यार्थी संगठनहरु चुनावी अभियानमा केन्द्रित छन ।

Advertisement

यसैवीच स्वाबियु निर्बाचनलाई लक्षित गर्दै अखिल क्रान्तिकारीले बुधवार धनकुटामा ¥याली प्रदर्शन गरेको छ । धनकुटा बहुमुखी क्याम्पस गेटबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

धनकुटामा बुधवार अखिल क्रान्तिकारीले निकालेको प्रचारात्मक ¥याली

संगठनको झण्डा र ब्यानरसहित चुनावी प्रचार–प्रशारमा निश्किएका बिद्यार्थीहरुले हुलाकटोल, तल्लोकोप्चे, माथ्लोकोप्चे, भीमनारायण चौक, वीचबजार लगायत क्षेत्रको परिक्रमा गरेका हुन ।

चुनावी अभियानलाई लक्षित गर्दै ¥याली आयोजना गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कैलाश ढुंगानाले जानकारी दिए । यता अनेरास्वबियु, नेपाल बिद्यार्थी संघ लगायत बिद्यार्थी संगठनले पनि धनकुटामा चुनाव केन्द्रित बिभिन्न गतिबिधी गर्दै आएका छन ।

फागुन १४ गतेलाई तोकिएको स्वाबियु निर्बाचनको मिति सारेर फागुन १९ गते स्वाबियु निर्बाचको तयारी गरिएको छ ।

भिडियो हेर्नुहोस्…

यो पनि पढ्नुहोस् …

धनकुटामा यस्तो छ स्ववियु निर्वाचनको माहोल (भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!