तरहरा/ पेट्रोलियम मजदुर र नेपाल आयल निगमका कर्मचारीको लापरवार्हीको कारण पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार हुन थालेको छ । मजदुरको दादागिरी सँगै निगमको ब्यावस्थापकीय कमजोरीको कारण पूर्वमा पेट्रोलियम पदार्थको चरम अभाव हुन थालेको हो ।

Advertisement

पेट्रोलियम पदार्थको ढुवानी गर्ने ना ४ ख ४१५० नम्वरको टेङ्करका सहचालक किरण लामालाई आइतबार निगमका कर्मचारी र प्रहरीले निर्घात कुटपिट भएको विरोधमा पेट्रोलियम पद्धार्थ नउठेपछि पूर्वी नेपालको बजारमा पेट्रोलियम पदार्थको हाहाकार सुरु भएको हो । निगमका कर्मचारीलाई लक्षित गरि प्रहार गरिएको इटा कम्प्युटरमा लागेपछि लामालाई कुटपिट गरेको थियो । नेपाल पट्रोलियम डिलर एसोसियसनका उपाध्यक्ष अरवीन्द शर्माले सहचालकहरुको लफडाले समस्या भएको वताए । गत विहिवार देखि नै पेट्रोलि पेट्रोलियम पदार्थको यम पदार्थ नउठ्दा अहिले बजारमा पेटोल अभाव भएको उनको भनाई थियो । यो हामीले गरेको आन्दोलन हैन निगम र मजदुरहरु विचको झगडाले समस्या आएको हो शर्माले भने ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा पम्प ब्यावसायी लिलम वस्नेतले छाडातन्त्रको कारण सामान्य विषयमा पनि वन्द हड्ताल मौल्याएको भन्दै आपत्ती जनाए । आयल निगमको ब्यावस्थापनको कमजोरी र चालक ब्यावसायीहरुको द्धन्दको कारण समस्या आएको वताए । अति आवश्यक पदार्थमा रोक लागाउँनु नाजायज भएको उनको भनाई थियो । चालक संघको दादागिरी पनि वढि भयो उनले भने । ट्याङ्कर मजदुर चालक संघको अध्यक्ष केशव आचार्यले मजदुर माथी भएको हमलाको विरुद्ध आन्दोलन भएको जनाए । उनले भने मजदुर माथी कर्मचारीको कुटपिट गरेको प्रत्ति आपत्ती जनाए ।

उनले मजदुरहरुको मागमा संम्बोधन नभए आन्दोलन जारी राख्ने वताए । उक्त आन्दोलनले गर्दा पूर्वी नेपालको झापा मोरङ्ग सुनसरी लगायतका जिल्लामा रहेका ५ सय बढि पेट्रोल पम्पहरुमा पेट्रोल पम्महरु पूर्ण रुपमा प्रभावित हुन पुगेको पम्प ब्यावसायीहरुले गुनासो गरेका छन ।

यता निगमका प्रमुख दिनेशकुमार यादवले भने मजदुरले कार्यलयमा आक्रमण गरेको भन्दै त्यस्कै विरुद्ध आन्दोलन भएको वताए । पूर्वाञ्चलमा दैनिक १ सय ५० किलोलिटर पेट्रोल र ४ सय ५० देखि ५ सय किलोलिटर सम्म डिजल खपत हुने गरेको भए पनि केहि दिन देखि प्ट्रोलियम पदार्थको निकासी ठप्प हुदा पट्रोलीयम पदार्थको चरम अभाव सुरु भएको थियो । धनबहादुर पुरी/ब्लाष्ट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!