- संगालोखबर सम्वाददाता

सप्तरी । सप्तरीको राजविराजमा प्रहरी र प्रदर्शनकारीवीच झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीले गोली चलाउँदा सप्तरी मलेठ गाबिस निवासी सञ्जन मेहताको घटनास्थलमै मृत्यु भएको हाम्रा सप्तरी सहकर्मी एके यादवले जानकारी दिए ।

Advertisement

नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा मधेशी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा आज दिनभर सो क्षेत्र तनावपूर्ण भएको हो । राजबिराज स्थित औधोगिक क्षेत्रमा एमालेले कार्यक्रम गरेको छ । सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीवीच पटक–पटक झडप भएको छ ।

अपडेट : सप्तरीमा झडपका क्रममा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!