- संगालोखबर संवाददाता

धनकुटा । धनकुटाको हिले नजिकबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । चोरी निकासी गरेको अवस्थामा विहिवार राति सिसौको काठसहित ट्याक्टर नियन्त्रणमा लिएईको प्रहरीले जनाएको छ ।

Advertisement

सदरमुकामतर्फ ल्याउँदै गरेको अवस्थामा १ सय २२ थान सिसौका चिरान काठसहित को.२ त ३०९८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।

उनका अनुसार रातिको समयमा गैरकानुनी रुपमा काठ निकासी गरेको पाइएकोले नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको काठ र ट्याक्टर जिल्ला वन कार्यालयमा जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

नियन्त्रण गरिएको ६१ दशमलव ६८ क्वीविक फूट काठको बजार मुल्य एक लाख बढि हुने बन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!